बर्दिया जिल्लाका १३ वटा ईलाकाहरुमा २०७३ माघ २४ र २५ गते ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ! बर्दिया जिल्लामा रहेका ५ नगरपालिका र १८ गाउँ विकास समितिका नगर परिषद र गाउँ परिषद पौष मसान्त २०७३ भित्र सम्पन्न भएको छ | बर्दिया जिल्ला भएर बग्ने बबई, मान खोला तथा डुडुवा नदि को विभिन्न घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार गर्न को लागि स्वीकृत कार्यसूची २०७३ मान खोला नदि को मान घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ डुडुवा नदि को घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को कुमराह घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को चन्दनपुर घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ बबई नदि को कुशुम्बा , भैशाही , भादा, जब्दी घाट क्षेत्र बाट नदि जन्य पदार्थ उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन २०७३ अषाढ नदिजन्य पदार्थ उत्खनन र घाटगद्दी गरि बिक्रि वितरण सम्बन्धि बोलपत्र आव्हानको सूचना !!! [कर्णाली (गेरुवा ) र कर्णाली (राजापुर ) नदीहरुको ] सामाजिक परिचालकहरुका लागि २ दिने सूचना तथा संचार प्रबिधि सम्बन्धि आधारभूत तालिम सम्पन्न

२२ औं जिल्ला परिषद् २०७२ (फाल्गुण १७) बाट पारित निर्णयहरु

जिल्ला विकास समिति वर्दियाको २२ औं जिल्ला परिषद् २०७२ (फाल्गुण १७) बाट

पारित निर्णयहरु ::::    (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |२२औं परिसदका निर्णयहरु _)

  • २२ औं जिल्ला परिषदमा व्यवस्थापिका संसद सदस्य मा. सञ्जयकुमार गौतम, मा. श्यामप्रसाद ढकाल, मा. मानवहादुर थारु, मा. निर्मल सुवेदी, मा. लिरा राना, मा. काशिम अली सिद्धिकी र मा. गोपाल दहित विशिष्ट अतिथिको रुपमा उपस्थित भै २२ औं जिल्ला परिषदको संयुक्त रुपमा उद्घाटन गर्नु भै अमुल्य सुझावहरु प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।
  • २२ औं जिल्ला परिषद सञ्चालनको क्रममा प्राप्त भएका सुझावहरुलाई समावेश गरी निति, कार्यक्रम तथा वजेट स्वीकृत गर्ने निर्णय गरियो ।
  • ववई नदी नियन्त्रणको लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नेपालगंज बाँकेबाट गुरु योजना तयार गरी सोही अनुसार बबई नदि नियन्त्रण गर्न अनुरोध गर्ने ।
  • कर्णाली पूर्वि र पश्चिमी दुवै नदीका कारण राजापुर क्षेत्रको ५ गा.वि.स. र १ नगरपालिका उच्च जोखिममा रहेको र प्रत्येक वर्षातमा ठूलो जनधन र खेतियोग्य भूमिमा क्षति पुग्ने अवस्था रहेको हुँदा कर्णाली नदी नियन्त्रण आयोजनाले तयार गरेको गुरु योजना अनुसार कटान क्षेत्र तटबन्धन गरी नियन्त्रण गर्न तथा उत्तर चिसापानी निकास हुने गरी ती नदीको तटीय व्यवस्थापन गर्न नेपाल सरकार संग अनुरोध गर्ने ।
  • मान नदी तटबन्धनको लागि गुरु योजना तयार गरी तटबन्धन गर्ने व्यवस्थाको लागि नेपाल सरकार सँग अनुरोध गर्ने ।
  • राष्ट्रिय महत्वको सडक अन्तर्गत यस जिल्लाको भुरिगाउँ–तेलपानी–सुर्खेत सडक निर्माणार्थ नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
  • भारत सरकारको प्रथम चरणमा समावेश भै निर्माण कार्य अलपत्र अवस्थामा रहेको भुरिगाउँ–गुलरिया–रजनवा सडक यथाशिघ्र निर्माणार्थ नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • नेपालगञ्ज गुलरिया राजापुर हुलाकी सडक अन्तर्गत गत वर्षको वाढीवाट क्षतिग्रस्त अवस्थामा रहेको सर्यु नदी सडक पुल अविलम्व निर्माणार्थ सम्वन्धित निकायमा अनुरोध गर्ने ।
  • बर्दिया जिल्ला स्थित कपास विकास समिति र सोको आसपासको जग्गा मध्ये केही जग्गा उपलव्ध गरी कृषि विश्व विद्यालय स्थापना गर्न नेपाल सरकार संग अनुरोध गर्ने ।
  • कपास विकास समिति तथा सोको आसपासको जग्गा उपलव्ध गरी औद्योगिक क्षेत्र घोषणा गर्न तथा उद्योगहरु सञ्चालन गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
  • रेहुखोला, डुण्डवा खोला, राजकूला, ग्याङ्ग नदी, ओरही खोला, गोदाना, जम्ती, भादा नाला,तलखोलुवा, झर्नैया, दुन्द्रा, आम्वासा तथा बुढी कूलोको कटान क्षेत्र तटबन्धन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।
  • भुरिगाउँ तेलपानी सुर्खेत सडक निर्माण कार्यमा राष्ट्रिय निकुञ्ज भित्र वातावरण तथा जंगली जीव जन्तुलाई अति कम असर पर्ने गरी शीघ्राति शीघ्र निर्माण कार्य संचालन गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • भारत सरकारले तेश्रो चरणमा निर्माण गर्न प्रस्तावित गुलरिया–कोठीयाघाटबाट–दौलतपुर सडक दोश्रो चरणमै अविलम्ब निर्माण कार्य संचालनको लागी आवश्यक पहल गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।
  • नेपालगञ्ज गुलरिया राजापुर हुलाकी सडकमा यातायातको अत्यधिक चाप रहेको हुँदा उक्त सडकलाई ४ लेनको वनाउन भौतिक योजना तथा निर्माण मन्त्रालय तथा सडक विभागमा अनुरोध गर्ने ।
  • यस जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुको एकीकृत दृश्यावलोकन हुने सोरहवा बढैयाताल–गुलरिया कृष्णसार–ताराताल ताल–कोठियाघाट नेपालको सवैभन्दा लामो सडकपुल–सूर्यपटुपा होम स्टे– ठाकुरद्वारा निकुञ्ज–ववई उपत्यका दानवा ताल हुँदै धधवार सत्खोलवा ताल पर्यटकीय मार्ग निर्माण गर्ने व्यवस्थाको लागि सम्बन्धित निमायमा अनुरोध गर्ने निर्णय गरियो ।
  • वर्दिया जिल्ला स्थित ५ वटै नगरपालिकाहरुमा शान्ति पार्क निर्माणार्थ शान्ति तथा पुनः निर्माण मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।
  • बबई क्याम्पसलाई म.प.विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन अनुरोध गर्ने ।
  • गत वर्षको बाढिले कटान गरी क्षतिग्रस्त रुपमा रहेको सिम्रहवा र बेसर्मा फाँटाको पुर्वाधारहरुको यथाशिघ्र पुनःनिर्माणको लागि नेपाल सरकार समक्ष अनुरोध गने ।
  • भारत सरकार र नेपाल सरकार वीच २७ अक्टुवर २००९ मा सम्झौता भै स्वीकृत भएको छिमेकी राष्ट्र भारतबाट यस जिल्लाको सदरमुकाम गुलरिया प्रवेशद्वार मुर्तिहाको भन्सार नाका यथाशीघ्र सम्झौता वमोजिम सञ्चालनको लागि नेपाल सरकार सँग अनुरोध गर्ने ।
  • राजापुर सिंचाई आयोजना अन्तर्गत गेरुवा (कर्णाली) नदीको कोठियाघाटमा जडान गरिएको पण्टुन बृज उक्त स्थानमा सडक पुल निर्माण भएकोले हाल स्टोरमा राखिएको अवस्था छ । उक्त पण्टुन बृज सोही कर्णाली नदीको दौलतपुर घाटमा जडान गरी सदुपयोग गर्नु पर्ने देखिएको हुँदा सो पण्टुन बृज जि.वि.स. वर्दियालाई हस्तान्तरण गर्न सिंचाई मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।
  • बर्दिया राष्ट्रिय निकुञ्जको वैज्ञानिक सिमाङ्कन गर्ने व्यवस्थाको लागि नेपाल सरकार सँग अनुरोध गर्ने निर्णय गरियो ।
  • बबई सिंचाई आयोजनाको लिङ्क क्यानल तयार हुन लागेकोले पश्चिम नहरलाई गुलरीयाको रत्नापुर सम्म विस्तारका लागि सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
  • विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गर्न नेपाल सरकार शिक्षा मन्त्रालयसंग अनुरोध गर्ने निर्णय गरियो ।
  • यस जिल्लामा सञ्चालित साना किसान सहकारी संस्थाहरुको भौतिक पूर्वाधार निर्माणको व्यवस्था हुन सम्वन्धित निकायमा अनुरोध गर्ने साथै महिलाहरुद्वारा संचालित सहकारी संस्थाहरुलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।
  • राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट मानवमा हुने दुर्घटनाको सम्बन्धमा घाईतेलाई पूर्ण उपचार गर्ने र मृत्यु भएमा व्यक्तिलाई सडक दुर्घटना सरह विमाको व्यवस्था गर्नका साथै घर गोठ र बाली विनास हुँदा उचित क्षतिपुर्ति दिने व्यवस्था गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने
  • आदिवासी जनजाति उत्थान, मधेशी पिछडावर्ग उत्थान, उपेच्छित, उत्पिडित, महिला, वादी समुदाय र दलित वर्ग उत्थान कार्यक्रमको लागि नेपाल सरकारवाट प्राप्त हुने रकम जिल्लाको जनसंख्याको अनुपातमा अति न्यून रहेकोले जनसंख्याको आधारमा रकम उपलव्ध गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • आदिवासी जनजाति उत्थान, मधेशी पिछडावर्ग उत्थान, उपेच्छित, उत्पिडित, महिला, वादी समुदाय र दलित वर्गको लागि खानेपानीको व्यवस्था हुन नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
  • आदिवासी जनजाति उत्थान, मधेशी पिछडावर्ग उत्थान, उपेच्छित, उत्पिडित, महिला, वादी समुदाय र दलित वर्गकालागि शार्वजनिक शौचालय निमाणार्थ नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
  • बर्दियामा ठूलो मात्रामा आलु तथा फलफूल उत्पादन हुने र भण्डारणको व्यवस्था नभएको हुँदा बाँसगढी, मैनापोखर, गुलरिया, राजापुर र सानोश्रीमा चिस्यान केन्द्र स्थापनाको लागि कृषि मन्त्रालय एवं निजी तथा साझेदार निकाय संग अनुरोध गर्ने ।
  • गुलरिया स्थित कभर्ड हल भौतिक पूर्वाधार निर्माण गर्न र गुलरिया नगरपालिका वडा नं. ७ स्थित जिल्ला खेलकूद विकास समिति वर्दियाको स्वामित्वमा रहेको करीव ७ विगाह जग्गामा आधुनिक रंगशाला यसै वर्षदेखी निर्माण कार्य प्रारम्भ गर्न युवा तथा खेलकूद मन्त्रालयमा अनुरोध गर्ने ।
  • बर्दिया र कैलाली जोड्ने सत्तिघाटमा सडक पुल निर्माण भएको तर उक्त हुलाकी सडक निर्माण कार्य बाँकी रहेको हुँदा उक्त सडक अविलम्व निर्माणको लागि सडक विभाग सँग अनुरोध गर्ने ।
  • सामुदायिक वन उपभोक्ता समूह र विभिन्न समुदायहले नदीजन्य वस्तु निकाशी हुँदा शुल्क लिने गरेको भन्ने जनगुनासोको सम्बन्धमा प्रचलित ऐन नियम अनुसार मात्र गर्ने गराउने व्यवस्था हुन जिल्ला वन कार्यालय र जिल्ला शिक्षा कार्यालयलाई निर्देशन गर्ने निर्णय गरियो ।
  • जिल्ला वन कार्यालयसंग समन्वय गरी दहत्तर बहत्तरको ठेक्का बन्दोवस्त गर्ने र प्राप्त हुने रकमको ५० प्रतिशत रकम जिल्लाका विभिन्न स्थानहरुमा बृक्षारोपणको लागि नर्सरी तयार गर्न जिल्ला वन कार्यालयलाई उपलव्ध गराउने ।
  • जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा ल्याव सञ्चालन तथा एक्सरे मसिन लगायत अन्य पूर्वाधार स्थापना गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।
  • कृषकहरुलाई सेवा प्रवाह गर्न जनशक्ति र सेवा केन्द्रको कमीको कारणले हुन गएको समस्या समाधान गर्न हाल रहेका ४ वटा कृषि सेवा केन्द्रको संख्या बढाई प्रत्येक ईलाकामा पर्ने गरी व्यवस्था गर्नसम्बन्धित निकायलाई अनुरोध गर्ने ।
  • बर्दिया जिल्लामा मेन्था, एलोभेरा र क्यामोमाइल जस्ता जडीबुटी कृषि भूमिमा व्यापक खेती भइरहेकोले अन्य नगदेबाली सरह कृषि विकास मन्त्रालयले अन्य मन्त्रालय तथा वनस्पति विभाग सँग समन्वय गरी प्रशोधन तथा वजार व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरियो ।
  • नेपाल सरकारवाट अव देखि निर्णय भै वसोवास गराईने मुक्त कमैयाहरुलाई घर निर्माणको लागि १५५०००। उपलव्ध गराउने निर्णय भएकोमा पहिले निर्णय भै वसोवार गराउन वाँकी रहेका मुक्त कमैयाहरुलाई पनि सोही अनुसार रकम उपलव्ध गराउने व्यवस्थाको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • नेपाल भारत सीमा अतिक्रमण भएको भनी पटक पटक जनगुनासो आई रहेको हुँदा वैज्ञानिक रुपमा सिमा व्यवस्था गराउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • जिल्लाका गा.वि.स. तथा स्वास्थ्य चौकी भवनहरु निर्माण भएको दशकौं वितिसक्दा पनि सम्वन्धित निकायको नाममा भवन रहेको जग्गाको स्वामित्व नभएको हुँदा त्यस्ता जग्गाहरु ती सस्थाको नाममा दर्ता गर्ने व्यवस्था हुन सम्वन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
  • गत विगत वर्षहरुमा आएका वाढीबाट वसोवास रहेको स्थानवाट विस्थापित रहेका मनाउ १ गुप्तीपुरका १२ घर परिवार र गुलरिया ५ रामपुरटप्पुका ४० घरपरिवारलाई पुनरस्थापना गर्ने व्यवस्थाको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • कर्णाली नदीको कोठियाघाट र राजापुरबाट कर्णाली पुलसम्म जल यातायात (विहार) को व्यवस्था हुन सम्वन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
  • आगलागि भै क्षति ग्रस्त भएका प्रति परिवारलाई जिविसबाट दिदै आएको तात्कालिन राहतको रकम रु. १०००। कायम गर्ने ।
  • अति विपन्न सिमान्तकृत लोपोन्मुख र राज्यबाट सहयोग पाउनु पर्ने वर्गको व्यवस्थित वसोवासको सुनिश्चितको लागि केन्द्र सरकारबाट सञ्चालन हुँदै आएको “जनता आवाश कार्यक्रम” बर्दिया जिल्लामा कोटा वृद्धि गरी निरन्तरता दिन सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।
  • बर्दिया राष्ट्रिय निकुञ्जबाट उठेको पर्यटन शुल्कबाट स्थानीय स्वायत्त शासन ऐन, नियम अनुसार जिल्ला विकास समितिमा हालसम्म रोयल्टी प्राप्त नभएको हुँदा आ.व. ०५६÷५७ देखि आ.व. ०६८÷६९ सम्मको मात्र १,६३,१५,४३४।२५ यस जिल्ला विकास समितिमा प्राप्त हुनु पर्ने अभिलेखबाट देखिएको हूँदा उपरोक्त रकम अविलम्ब उपलव्ध हुन र सो आ.व. देखिको नियमितरुपमा रोयल्टी उपलव्ध गराउने व्यवस्था हुन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट मन्त्री स्तरीय निर्णय भई वन तथा वातावरण मन्त्रालयमा अनुरोध भैसकेको हुँदा उक्त मन्त्रालयबाट समेत निर्णय गरी नियमित रुपमा पर्यटन रोयल्टी नियमित रुपमा प्राप्त हुने व्यवस्थाको लागि अनुरोध गर्ने निर्णय गरियो ।
  • नेपाल सरकारवाट जारी भएको सम्विधानमा जिल्ला विकास समितिलाई समन्वयकारीको भुमिकामा मात्र सिमित राखिएकोले जिविसलाई कार्यकारीको भुमिका रहने गरि व्यवस्था हुन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • भुमिहिन, सुकुम्वासी, मुक्तकमैया, हलिया, जोताहा किसान र बाढी पिडित वर्गको समुचित व्यवस्थापन गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
  • वर्दिया जिल्लामा आन्तरिक कार्यालय स्थापनाको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • जिल्लाको समग्र विकासको लागि उद्योगहरु स्थापनाका साथै ववई नगरपालिका–सानोश्रतिाराताल नगरपालिका–गुलरिया नगरपालिका हुँदै म.रा.मा. सम्म आद्योगिक कोरिडोर निर्माणको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
  • शिवपुर गा.वि.स.९को भदेली गाउँ स्थित वाचटावर देखि कालिगौडी सिंचाई कूलो सम्म ओरही नदी कटान क्षेत्र तटबन्धन गर्न जल उत्पन्न प्रकोप नियन्त्रण विभागमा अनुरोध गर्ने निर्णय गरियो ।
  • वर्दियाका देहायका पर्यटकीय क्षेत्रको संरक्षण, सम्बर्धन र विकास अभियानकै रुपमा सञ्चालन गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो ।

             तालहरु

             बढैया ताल ः १०५ विगाहा क्षेत्रफल रहेको (सोरहवा गा.वि.स.)

             भग्रैया ताल, ढोढरी गा.वि.स. वडा नं. ९

             भगहर ताल, गुलरिया ५ र २

             ताराताल ताल, सानोश्रीताराताल वडा नं. ३

             नम ताल, गुलरिया २

             सिसैया ताल, गुलरिया १२

             सत्खोलवा ताल, धधवार

             लक्ष्मणा ताल बाँसगढी ६

             सिमरा ताल सोरहवा

             लाल ताल, सानोश्री ताराताल ३

             ओखरिया वाँध, गोला

             दानवा ताल ववई न.पा.

             धार्मिक स्थलहरु

             ठाकुरद्वारा मन्दिर, ठाकुरद्धारा

             सदाशिव मन्दिर, मगरागढी

             गणेशबाबा मन्दिर, राजापुर

             बगलामुखी मन्दिर, गुलरिया

             कोटही मन्दिर, गुलरिया

             बकोटीया मन्दिर, कालिका १

             उत्तर कौशल धार्मिक बनबाटिका, कोठियाघाट

             तारकेश्वर मन्दिर सानोश्री ताराताल

             सन्तोषी मन्दिर गुलरिया

             केदारेश्वर मन्दिर, मोतिपुर

             पर्वतिया मन्दिर, गुलरीया

             नथुनिया बाबा मन्दिर, गुलरीया

             विश्वकर्म मन्दिर सानोश्री ताराताल

             कालि मन्दिर महम्मदपुर ५

             लक्ष्मिहरी त्रिदण्डी मन्दिर कालिका

             मार्मिङ्ग बौद्ध गुम्वा सानोश्री ताराताल

             बौद्ध गुम्वा मगरागाडी

             लक्ष्मीनारायण मन्दिर गुलरिया ७

             राधाकृष्ण मन्दिर गुलरिया ६

             शिवपार्वती मन्दिर गुलरिया चौगुर्जी

             मुक्तिनारायण मन्दिर गुलरिया १०

             भोदुवावा मन्दिर मैनापोखर २

             पेमीकाशि गुम्वा निर्माण सानोश्रीताराताल ९

             कृष्णप्रणामी मन्दिर वेचैपुर गुलरिया ५

             घृतकौशिक सनातन सेवा संघ मन्दिर निर्माण ववई न.पा. २

             कृष्णसार

             नेपालकै सवै भन्दा लामो सडक पुल (कोठियाघाट गेरुवा कर्णाली नदी)

             राष्ट्रिय निकुञ्ज

             कर्णाली पुल

             बबई भ्याली

             डल्ला होम स्टे

  • छज्ञ। देहायका सडकहरुको सव वेशको कार्य सम्पन्न भैसकेकोले उक्त सडकहरु कालोपत्रे गर्न राष्ट्रिय योजना आयोग,सडक विभाग तथा भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने ।

             महेन्द्र राजमार्ग – सदरमुकाम गुलरिया हुँदै भारत सिमाना जोड्ने (रजनवा–गुलरिया–जयनगर–रम्मापुर) सडक ।

             वाँसगढी (म.रा.मा.) मैनापोखर (हुलाकी सडक) जोड्ने सडक ।

             जुरैना (म.रा.मा.) दमौली पचासा (हुलाकी सडक) जोड्ने सडक

             सानोश्री प्रगतिवजार सडक ।

             पञ्चवजार वैदी सडक ।

             लालसिंहचोक भन्सार सडक

             खाता (हुलाकी सडक)– विपतपुर(भारत सीमा) जोड्ने सडक ।

             अमे्रनी (म.रा.मा.)– ठाकुरद्वारा सडक ।

             राजापुर मनाउ सडक ।

             बासगढी ४ राजमार्गबाट वडा नं. २ हुदै वडा नं. १ राझा सम्म

             बेलवा चोक कोठियाघाट हुलाकी सडक ।

             मानपुरटपरा(हुलाकी सडक)– ओखरिया सडक ।

             खाता(हुलाकी सडक)– ठाकुरद्धारा आम्वासा (म.रा.मा.)सडक ।

             डाडालालपुर हुलाकी सडक कुम्भर सडक महम्मदपुर ।

             मैनापोखर(हुलाकी सडक– पडरिया– भन्सार(भारत सीमा) सडक ।

             बनियाभार–घोरपिट्टा–म.रा.मा. सडक ।

             डेउढाकला ककौरा(म.रा.मा.) देखि भैसासुरसम्मको सडक ।

             बाँकेको गौघाट देखि जमुनी एकनारायण चोक हुँदै पञ्चवजार सहायक हुलाकी मार्ग ।

             सैनवार (म.रा.मा.)–वामनपुर वगनाहा सम्मको सडक स्तरोन्नती

             गुलरिया गाउँ, बदालपुर छेदापुर सडक

             रेडक्रस जिल्ला शाखाको जग्गामा गोदाम घर निर्माण

  • छद्द। देहायका योजना संचालन गर्न राष्ट्रिय योजना आयोग तथा सडक विभाग संग अनुरोध गर्ने निर्णय गरियो ।

             आम्बासा ठाकुरद्वारा सडकको ओरही नदी पुल निर्माण ।

             राजापुर ४ र २ जोतपुर र छोड्की दौलतपुर बीच बुढी कूलोमा सडक पुल निर्माण ।

             दौलतपुर घाट कर्णाली नदीमा सडक पुल निर्माण ।

             ढोढरी ९ घोलुवा नालामा पुल निर्माण

             ढोढरी ९ गद्दी नालामा पुल निर्माण ।

             राजापुर ४ मैला वर्गदही मा सडक पुल निर्माण ।

             नयाँगाउँ ग्वारी सोहरिया हुँदै राजापुर सडक ।

             पदनाहा र वनियाभार वीच बनघुश्री कूलोमा पुल निर्माण ।

             गुलरिया रत्नापुर रजनवा सडक ।

             बठुवा अस्नेरी रेहु भंगालोमा सडक पुल निर्माण मोतिपुर ।

             पूर्व पश्चिम राजमार्ग र हुलाकी सडक जोड्ने दमौली बाँसगढी सडकको सटरिया नालामा सडक पुल निर्माण ।

             खाता विपतपुर घोलुवा नालामा सडक पुल निर्माण सूर्यपटुवा ।

             कन्द्रानालामा पुल निर्माण सानोश्रीताराताल ।

             धधवार ८ र ९ बीच जुरपानी खोलामा पुल निर्माण धधवार ।

             ईन्द्रपुर भारत सिमाना सडकको घघ्घानाला सडक पुल निर्माण महम्मदपुर ।

             पाताभार ६ र ७ विच भठेरा रिङ्ग रोडको बुढीकूलोमा सडक पुल निर्माण ।

             सूर्यगौडी बैदी सडक निर्माण

             दौलतपुर टिकापुर वीच कर्णाली नदीमा पुल निर्माण ।

             बनियाभार गा.वि.स.को वार्ड १ र २ जोड्ने बुढीकूलोमा पुल निर्माण

             कालिका ग्याङ्ग नदी टेशनपुरमा पुल निर्माण

             कालिका मुलपानी पक्की पुल निर्माण

             राजापुर रिङ्गरोडको भटेरा देखि पुर्व पश्चिम राजमार्गको बलचौर जोड्ने सडक निर्माण ।

             पशुपतिनगरको सुखाड देखि छोड्की गणेशपुर शान्तिवजार सडक निर्माण ।

             चौगुर्जी साधु वंगला हुँदै भारत सीमा जोड्ने सडक निर्माण ।

  • छघ। देहायका कार्यक्रमहरु उच्च प्राथमिकताका साथ निर्माण कार्य संचालन गर्न विश्वविद्यालय अनुदान आयोगमा अनुरोध गर्ने निर्णय गरियो ।

             अमर शहीद बहुमुखि क्याम्पस राजापुर

             बाँसगढी बहुमुखी क्याम्पस भवन निर्माण मोतिपुर

             शारदा बहुमुखी क्याम्पस भवन निर्माण मैनापोखर

             बर्दिया बहुमुखी क्याम्पस भवन निर्माण डेउढाकला

             चुरे क्याम्पस भवन निर्माण वगनाहा

             मध्यवर्ति क्याम्पस भवन निर्माण नेउलापुर

             जनसेवा बहुमुखी क्याम्पस भवन निर्माण धधवार

             सदाशिव बहुमुखी क्याम्पस भवन निर्माण मगरागाडी

             गुराँस बहुमुखी भवन निर्माण सानोश्री

             बबई बहुमुखी क्याम्पस, गुलरिया

  • छद्ध। निम्न स्थानहरुमा झोलुङ्गेपुल निर्माण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।

               नेउलापुर, शिवपुर बीच ओरही खोला ।

             डेउढाकला गंगानदी (कञ्जरवा) कुनैठी गाऊ नजिक ।

             जमुनी ५, ४० नं. चोक देखि वाँके जोड्ने मान खोलामा झो.पु. निर्माण

             बालापुर–विक्री बीच बबई नदी ।

             झो.पु.निर्माण वेलवा २ अमहिया मोतिपुर  जोडने

             झो.पु.निर्माण वेलवा ९ बाट ७ जोडने

             सोरहवाको वुटाहा र वाँकेको गुरुडयालपुर वीच माननदी ।

             झो.पु. निर्माण रामघाट वाट बाँके रामपुर जोडने खोलामा

             कालाबञ्जर मैलानाला खैरिचन्दनपुर ।

             कुर्ता खोलामा झो.पु. निर्माण बेलवा ७ र ९ बीच ।

             नयाँगाउँ ९ र दौलतपुर बीच सोहरिया बुढीकूलो ।

             जमुनी ९  वाट वाँके राधापुर जोड्ने मान नदीमा झो.पु. निर्माण

             बदालपुर ९ जयपुर मैलानाला ।

             पशुपतिनगर र नयाँगाउँ बीच मैलानाला (हाल काठेपुल रहेको स्थान) ।

             वनकट्टी दाङ्गपुर वीच ववई नदी ।

             सूर्यपटुवा र मनाउ गा.वि.स. वीच कर्णाली नदी ।

             राजापुर २ छोड्की दौलतपुर र सोहरिया विच मैलानाला ।

             गुलरियाको पण्डितपुर र पदनाहाको जगतिया वीच बबई नदीमा झो.पु. निर्माण ।

             पाताभार कैलाली सडक सन्कट्टीघाट कर्णाली नदी ।

             खैरिचन्दनपुर मैला नाला डिमारकेशनमा झो.पु. निर्माण ।

             चेपाङ्ग भंगाहा सडकको ववई नदी झो.पु निर्माण ।

             महजिदिया झो.पु. निर्माण गुलरिया १४

  • छछ। स्थानीय पूर्वाधार तथा कृषि सडक विभागवाट वाक वे सर्भे सम्पन्न भएका देहायका सडक पुलहरु यथाशिघ्र निर्माण कार्य संचालन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।

             गुलरिया रम्मापुर सडकको जव्दीखोला कोठारपुर वार्ड १ र २ बीच मगरागाडी ।

             राजापुर मनाउ सडकको मैलानाला हात्तिखल्ला मनाउ र नयाँगाउँ गा.वि.स. वीच रिङ्गरोड ।

             बाँसगढी अस्नेरी सडकको रेहु खोला मोतिपुर ।

             मनाउँ वदालपुर राजापुर वीच झप्टी गाउँ ।

  • छट। देहायका योजना संचालनको लागि शहरी विकास मन्त्रालयमा अनुरोध गर्ने ।

             गुलरिया, राजापुर, भुरिगाँउ,कुसुम्मा वजार, बाँसगढी,मगरागाडी, मैनापोखर वजारक्षेत्रमा सडक तथा ढल निर्माण ।

             शिवपुर खानेपानी आयोजनामा बोरिड. थप गरि संचालन ।

             मैनापोखर गा.वि.स.मा ओभरहेड टंकी निर्माण

             खैरिचन्दनपुर गा.वि.स.मा खानेपानी ओभरहेड टंकी निर्माण

             गुलरियाको बनकट र तेजिपुर वीच ओभरहेड टंकी निर्माण

             गुलरिया वार्ड १२ को डव्वा गाउमा ओभरहेड टंकी निर्माण

             दशरथ बस्ती, शुक्र बस्ती, धर्मबस्ती र गंगा वस्ती तारातालमा ओभरहेड टंकी निर्माण

  • छठ। निम्न योजना संचालनको लागि सिंचाई मन्त्रालयमा अनुरोध गर्ने ।

             रेहु खोला सिंचाई योजना संचालन म.रा.मा. देखि उत्तर बेलवा मोतिपुर डेउढाकला ।

             नेउलापुर बलाती खोला(ब.रा.नि. भित्र रहेको मुहान)  नेउलापुर सिंचाई योजना संचालन ।

  • छड। देहायका कायक्रमहरु समावेश गरी सञ्चालन गर्ने व्यवस्थाको लागि भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।

             कालाबन्जारादेखि खालेपुरुवा सडक पुल गुलरीया १२ ।

             रतैयानालामा सडक पुल निर्माण राजापुर १२

             टेशनपुर र शक्तिनगर बीच ग्याङ्ग नदी पुल निर्माण कालिका ।

             खैरिचन्दनपुर २ जमही झरन कलभर्ट निर्माण

             खैरिचन्दनपुर ४ बोक्सिनी कूलोमा कलभर्ट निर्माण

             सोहरियाघाट बुढीकूलोमा पुल निर्माण नयाँगाउँ ।

             बदालपुर  र दौलतपुर जोड्ने बुढी कूलोमा पुल निर्माण ।

             मोटरवेल बाटो निर्माण चेपाङ्गदेखि भङगाहा हुदै काथीचौर जानेबाटो बासगढी १

             बदालपुर  र मनाउ ७ जोड्ने बुढीकूलोमा पुल निर्माण ।

             मानपुरटपरा ईश्वरीगञ्ज सडकमा पुल निर्माण ।

             मोतीपुर पशु सेवा उप केन्द्र भवन तथा कम्पाउण्ड वाल निर्माण ।

             रतैया नालामा पुल निर्माण राजापुर  र मानपुरटपरा बीच ।

             नौरङ्गा–सूर्यपटुवा सडकको गेरुवा नदीमा पुल निर्माण मनाउँ ।

             कजेनीपुर र मौवा वीच मैलानालामा पुल निर्माण खैरिचन्दनपुर ।

             प्रतापपुर शिवपुर कालिगौडी ठाकुरद्वारा जोड्ने छोटो दुरीको पुल निर्माण ओरही नदी ।

             बनियाभार वार्ड १ र २ जोड्ने बुढीकूलोमा पुल निर्माण ।

             पदनाहा र बयिाभार मुण्डा गौडी जोड्ने वाटोको वुढी कूलोमा पुल निर्माण ।

             औरि देखि बकलभार सडकको पत्थरिया खोलामा पुल निर्माण मगरागाडी ।

             मोतिपुर मुर्गिया नालामा पुल निर्माण ।

             दोन्द्रा नाला पुल निर्माण सोरहवा ३ र १ बीच ।

             सिमरहवामा पुल निर्माण बेलवा ५ ।

             मोतिपुर दक्षिणबाट दमौली १० नं. जाने सडकमा पुल निर्माण ।

             टेसनपुर ग्यावङ्ग नदीमा पक्की पूल निर्माण कालिका ४ ।

             सानोश्री  ढोढरी  हुँदै वगनाहाको सैनवारसम्मको सडक निर्माण ।

             गुलरिया १३ जरही नालामा कलभर्ट निर्माण ।

             गुलरिया टपरा जाने सडकको  सर्यु नदीमा सडकपुल निर्माण ।

             सैनवार देखि वनकट्टी ढुङ्ग्रहवा नेउलापुर सडक निर्माण वगनाहा ।

             महम्मदपुर १ देखि धधवारको वनगाई जोड्ने सडक निर्माण ।

             पशुसेवा उपकेन्द्र भवन निर्माण ठाकुरद्वारा ।

             ने.रे.क्र. सोसाईटी उपशाखाको भवन निर्माण गुलरिया ।

             ई.प्र.का. सानोश्री स्तरोन्नती एवं भवन निर्माण सानोश्रीताराताल ।

             बनसप्ति वाँध निर्माण तथा सिंचाई व्यवस्था ढोढरी ।

             मुक्त कमैया ग्याङ्ग नदीमा तटबन्धन कालिका ४ ।

             रजकुडा नाला तटबन्धन शिवपुर ३ र ७ ।

             मोतिपुर घोराहा नाला तटबन्धन ।

             थुमुनीको ग्याङ्ग खोला र कक्रहवा खोला कटान क्षेत्र तटबन्धन ।

             कुसुम्मा वजारलाई साना सहरि विकास आयोजनामा परिणत गर्ने ।

             युवक मा.वि. कम्पाउण्ड वाल निर्माण पदनाहा ।

             थारु साँस्कृतिक संग्रहालय भवन निर्माण राजापुर, सूर्यपटुवा र वाँसगढी ।

             ढोढरीको कुम्राघाट देखि रामजाने चोकसम्म सडक स्तरोन्नती ।

             गुलरियामा बृद्धाश्रम निर्माण ।

             महिला हिंसा तथा बेचविखन विरुद्ध उद्धार पुनः स्थापना केन्द्र गुलरियामा स्थापना ।

             शुक्र बस्ती खेल मैदान कभर्ड हल निर्माण सानोश्रीताराताल ७

             वगलामुखी मन्दिर परिशरमा धर्मशाला निर्माण गुलरिया

             ताराताल परिशरमा वाल उद्यान र पिक्निक स्पोर्ट निर्माण सानोश्रीताराताल

             ताराताल सानोश्री कोरिडोर निर्माण

             पशुपतिनगर वन्झरिया झरनमा कलभर्ट निर्माण

             अपाङ्ग पुनस्थापना केन्द्र निर्माण सोरहवा  ९

             सिमरहवा बाँध निर्माण बासगढी २

  • छढ। महिला तथा वालवालिका आश्रय स्थल निर्माणको लागि महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयमा अनुरोध गर्ने ।
  • टण्। यस जिल्लाका जिल्ला अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरुमा सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्थाहरुको पहलमा स्वास्थ्य सम्बन्धी थप सुविधाहरु उपलव्ध गराउन पहल गर्ने निर्णय गरियो ।
  • टज्ञ। वर्दिया जिल्लाको मैनापोखर, गुलरिया, सानोश्री ताराताल र राजापुरमा कन्फ्रेरेन्स भवन निर्माण ।
  • टद्द। विद्यालय, स्वास्थ्य संस्था, कृषि तथा पशुसेवा केन्द्रको पूर्वाधार तथा क्षमता विकास, साना सिचाई आयोजना लगायत ईलाका गोष्ठिबाट आएका योजनाहरुलाई सबै विषयगत कार्यालय तथा गैससले अपनत्व ग्रहण गरि कार्यक्रम कार्यान्वयन गर्दा प्राथमिकता दिन निर्देशन गर्ने निर्णय गरियो ।
  • टघ। यस जिल्लामा सिकल सेल अनुसन्धान केन्द्र स्थापना गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
  • टद्ध। प्रत्येक निर्वाचन क्षेत्रमा १।१ वटा खेलकुद मैदान र जिल्ला सदरमुकाममा एउटा रंगशाला निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने ।
  • टछ। सडक किनारामा पशु बाँधेर सडकमा आवागमनमा असर पर्ने भएकोले सो कार्यलाई रोक लगाउन सम्बन्धित गा.वि.स. नगरपालिकाहरुलाई निर्देशन दिने ।
  • टट। सडक निर्माण गर्दा सडक फिलिङ्ग कार्यका लागि किनाराबाट माटो खनेर फिलिङ्ग गर्दा सडकको मापदण्ड अनुसार सडक नाला निर्माण गर्नुपर्ने लाईन भन्दा भित्रबाट खनेर गहिरो बनाउने कार्यलाई रोक लगाउने ।
  • टठ। जिल्लाका कुनै पनि क्षेत्रहरुमा सडक निर्माण गर्दा सडकको दाँया वाँया बृक्षारोपण गरी वातावरणीय स्वच्छता कायम गर्न सम्बन्धित सवैलाई निर्देशन गर्ने निर्णय गरियो ।
  • टड। यस जिल्लाको राजापुर चामल कारखानाबाट उत्पादित खाद्यान्न कर्णाली क्षेत्रमा लगिने र राजापुरवाट नेपालगञ्ज, नेपालगञ्जबाट सुर्खेत र सुर्खेतबाट हेलिकप्टर मार्फत लग्ने गरिएकोमा राजापुरमै हेलिप्याड निर्माण गरि सोही स्थानबाट ढुवानीको व्यवस्था मिलाउदा राजापुर नेपालगञ्ज र नेपालगञ्ज सुर्खेत सम्म गरिदै आएको ढुवानी खर्च वचत हुने हुँदा राजापुरमा हेलिप्याड निर्माण गरि सोझै ढुवानीको व्यवस्थ गर्न सम्वन्धित निकायमा अनुरोध गर्ने ।
  • टढ। जिल्ला विकास समितिबाट निर्माणहुने विकास निर्माणका कामहरुको ल.इ., सुपरीवेक्षण तथा मुल्याङ्कनको व्यवस्थार्थ स्थापित जिल्ला प्राविधिक कार्यालयमा रहेको प्राविधिक दरवन्दी अपर्याप्त भएको हुँदा थप २ सव ईञ्जिनियरको दरवन्दी व्यवस्था हुन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
  • ठण्। साझा सहकारी भवन मैनापोखर जीर्ण भएको हुँदा पुनः निर्माणको लागि सहकारी मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।
  • ठज्ञ। नेपालको सवै भन्दा लामो सडकपुल कोठियाघाटमा वनभोज स्थल निर्माणका लागि पर्यटन बोर्डमा अनुरोध गर्ने ।
  • ठद्द। जिल्ला कृषि विकास कार्यालय भन्दा पारि गुलरिया ११ स्थित खुल्ला चौरलाई व्यवस्थित गरी सार्वजनिक सभा समारोहको लागि प्रयोग गर्ने गरी जग्गा व्यवस्थित गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
  • ठघ। वर्दिया जिल्लामा चिनी, कपास, कागज उद्योग जस्ता कृषि तथा वनजन्य उद्योगको सम्भावना रहेको हुँदा सो स्थापनाकालागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरियो । जिल्ला विकास समिति बर्दिया ःऋएः मा गत वर्ष सफल भएतापनि एः को नतिजामा असफल भएको साथै यस वर्षको नतिजा प्राप्त भैनसकेको भएतापनि आगामी वर्षहरुमा अधिकतम अंक प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउन जिल्ला विकास समितिलाई निर्देशन गर्ने ।
  • ठद्ध। द्वन्द्वको समयमा क्षति भएका देहायका गा.वि.स. भवनहरु पुनः निर्माणको लागि शान्ति तथा पुनः निर्माण मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।

             पशुपतिनगर

             खैरिचन्दनपुर

             गोला

             ठाकुरद्वारा

             मनाउ

  • ठछ। जिविसको आन्तरिक श्रोत बृद्धिका लागि राजश्व परामर्श समितिले गरेको निर्णय समर्थन गर्ने निर्णय गरियो ।
  • ठट। जिल्ला विकास समितिबाट २१ औं जिल्ला परिषद देखि हालसम्म भए÷गरेका निर्णयहरु समर्थन गरियो ।
  • ठठ। गत ०७१÷७२ आ.व.को वार्षिक समीक्षा बैठकमा उठेका सवाल तथा सुझावहरुको प्रतिवेदन पेश भएको सन्दर्भमा प्राप्त सुझावहरु अक्षरस कार्यान्वयन गर्न गराउन जि.वि.स. लाई निर्देशन दिने ।
  • ठड। जिल्ला विकास समितिको नाममा देहाय बमोजिम अचल सम्पत्ति रहेको व्यहोरा प्रमाणित गरियो ।

             मिर सुव्वा स्व. खिमानन्द उपाध्यायज्यूबाट दान स्वरुप प्राप्त गुलरिया ६ क को कि.नं. ७१, ५३९, ५३७, ६८, ७०, ६९, ६६÷१५५, ७४÷४९५ को दोयम ज.वि. ३–३–३ र खरिदवाट कि.नं. २४२९ को ज.वि. ०–०१–३७५ समेत जम्मा ३–०४–३७५जसमा २५ कोठे २ तले भवन, स्टोर घर, टिनको छाना भएको घर १, जीर्ण ग्यारेज १, २ कोठे ग्यारेज १, सभा भवन १, चौकिदार पोष्ट १, ल्याव घर १ रहेको ।

             भारतजंग शाहज्यूबाट आमाको सम्झनामा दान स्वरुप प्राप्त साविक गुलरिया १ कि.नं.५११÷६९० अव्वल ज.वि. ०–७–१० जसमा २ तले अतिथि भवन १, तिन कोठे भवन १, तिन कोठे पुस्तकालय भवन १, पसल कवल ८ कोठे भवन १, सार्वजनिक शौचालय १ रहेको ।

               खरिद गरिएको डेउढाकला ७ क को सिम कि.नं. ११२९,११३३ को ज.वि. ३–१३–१५ र १–१८–० ताल १ ।

             वन सुदृढीकरणबाट प्राप्त (ने.म.संगठन, जि.का.स.को नाममा दर्ता) साविक गुलरिया १ कि.नं. १२१ अव्वल जग्गा विगाहा ०–५–० महिला शिल्पकला केन्द्रको भवन रहेको ।

             नेपाल सरकारको स्वामित्वमा रहेको (दर्ता हुन बाँकी) सोरहवा ३ कि.नं. ३२७ ताल ज.वि. १०३–४–१५ जि.वि.स.ले भोग चलन गर्दै आएको सो ताल जसमा २ कोठे चौकिदार भवन १ ।

  • ठढ। जिल्ला विकास समितिको कार्यालयमा देहाय वमोजिमको कर्मचारी दरबन्दी रहेको व्यहोरा प्रमाणित गरियो ।

स्थानीय विकास अधिकारी १, यो.अ. तथा प्र.अधिकृत १, लेखा अधिकृत १, कार्यक्रम अधिकृत १, शाखा अधिकृत १, आ.ले.प. अधिकृत १,  ना.सु. १, टा.ना.सु.१, सव ई. ३, लेखापाल १, खरिदार ४, टा.खरिदार १, सहलेखापाल ३, अ.स.ई. २, सवारी चालक १, कार्यालय सहयोगी ८, भान्से २, सुरक्षाकर्मी २  । साथै उक्त दरवन्दीमा कार्यरत कुनै कर्मचारी रिक्त भएमा नियमानुसार पदपुर्ति गर्न जि.वि.स. लाई निर्देशन गर्ने निर्णय गरियो ।

  • डण्। जिल्ला विकास समितिको जाँचपास समितिले गरेका निर्णयहरु समर्थन गर्ने निर्णय गरियो ।
  • डज्ञ। जि.वि.स वर्दियाको पदपुर्ति समितिको अध्यक्षको म्याद समाप्त भएकोले साविकमा कामकाज गर्दै आउनु भएका भरत वहादुर स्वाँरको पदावधि आगामी जिल्ला परिषदसम्मको लागि थप गर्ने निर्णय गरियो ।
  • डद्द। जि.वि.स.को पदपुर्ति समितिको प्रतिवेदन पेश भै छलफल गरियो ।
  • डघ। आ.व. ०७१÷७२ को म.ले.प.को प्रारम्भिक प्रतिवेदन परिषदमा पेश भै छलफल भयो । जि.वि.स. को कार्यालयको नाममा रहेको वेरुजु सम्परिक्षण गराउन र आगामी वर्ष देखि वेरुजु शुन्य पार्ने गरी कार्यक्रम सञ्चालन गर्न जि.वि.स.लाई निर्देशन दिने निर्णय गरियो ।
  • डद्ध। सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७२।७।३०,र २०७२।७।३० गतेको प्रतिवेदन प्रस्तुत भएको र प्रतिवेदनमा उठाईएका सवाललाई यथाशीघ्र कार्यान्वयन गर्न जि.वि.स.लाई निर्देशन दिने निर्णय गरियो ।
  • डछ। मिति २०७२÷७÷३० गते सम्पन्न सामाजिक परीक्षण कार्यक्रमको प्रतिवेदन प्रस्तुत भएको र प्रतिवेदनमा देखिएका कमी कमजोरीलाई यथाशीघ्र कार्यान्वयन गर्न जि.वि.स.लाई निर्देशन दिने निर्णय गरियो ।
  • डट। जिल्ला उद्यम रणनीतिक योजना २०७२ स्वीकृत गर्ने निर्णय गरियो ।
  • डठ। वर्दिया जिल्लाको पूर्ण सरसफाई गुरु योजना २०७२ स्वीकृत गर्ने निर्णय गरियो ।
  • डड। आजको परिषद संचालनको सिलसिलामा आएका प्रस्ताव एवं सुझावहरुलाई साधन श्रोतले भ्याएसम्म उपयुक्त समयमा बैठक वसी समावेश गर्ने, कुनै कार्यक्रम वा आयोजनाहरु थपघट गर्नु परेमा सो समेत गर्ने प्रयोजनको लागि जि.वि.स.लाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।
  • डढ। जिल्ला विकास समितिको स्था.वि.अ निवास निर्माणार्थ संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयमा अनुरोध गर्ने ।
  • ढण्। नेपाल सरकार भूमी सुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गगत मुक्त कमैया पुनः स्थापना कार्यक्रममा दिईने जग्गा अनुदान रकम समयानुकुल नभएकोले अनुदान रकम बृद्धि गरी रु. ३ लाख पु¥याउन नेपाल सरकार सँग अनुरोध गर्ने ।
  • ढज्ञ। यस जिल्लामा वाढीका कारण वर्षेनी राहत वितरण गर्नु पर्ने अवस्था रहेको र जिल्लामा गोदाम घर नभएको हुँदा भण्डारणको ज्यादैनै समस्या भैरहेकोले जिल्ला रेडक्रस सोसाईटीको नाममा रहेको जग्गामा एक गोदाम घर निर्माणार्थ सहयोगी संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।
  • ढद्द। आन्तरीक आयको राजश्व वाँडफाँड तथा श्रोत संरक्षणकोलागि व्यवस्था गरिएको रु. ६०,००,०००। को विनियोजन, कार्यान्वयन तथा जिल्ला परिषदबाट स्वीकृत कार्यक्रम कार्यान्वयनको क्रममा कुनै बजेट थपघट गर्नु परेमा, परिषद भन्दा पछि कुनै वजेट प्राप्त भएमा वा कुनै निकायबाट कार्यक्रम सञ्चालनको लागि अनुरोध भएको अवस्थामा वजेट विनियोजन तथा कार्यक्रम छनौट गर्ने अधिकार जिल्ला विकास समितिलाई प्रदान गर्ने निर्णय गरियो ।
  • ढघ। जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीको अध्यक्षतामा जिल्ला स्थित नगरपालिकाका का.का.अ. तथा गा.वि.स. सचिव हकहित केन्द्रका अध्यक्ष समेत रहने गरी अन्तर स्थानीय निकाय संयुक्त समिति गठन गर्ने निर्णय गरियो ।
  • ढद्ध। सन २०१७ सम्म घर भित्रको धुँवा रहित जिल्ला घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गर्न सम्बन्धित सवैमा अनुरोध गर्ने ।
  • ढछ। वेवारिसे वालवालिकाको संरक्षणको लागि जिल्ला विकास समितिले नेतृत्वदायी भूमिका लिई सरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थालाई उक्त क्षेत्रमा कार्य गर्न अपिल गर्ने निर्णय गरियो ।
  • ढट। ईलाका स्तरीय योजना तर्जुमा बैठकबाट जिल्ला स्तरीय योजनाको लागि माग भै आएका र हाल समावेश गर्न नसकिएका योजनाहरु थप वजेट प्राप्त भएमा वा कुनै संघ सस्थाहरु, दातृ निकायहरुबाट सञ्चालन गर्न सम्भव भएसम्म सवै क्षेत्रलाई समेटी सञ्चालन गर्न जिल्ला विकास समितिबाट पहल गर्ने निर्णय गरियो ।
  • ढठ। २२ औं जिल्ला परिषदलाई सफल पार्न मद्दत पु¥याउने यस जिल्ला स्थित राजनैतिक दल, विषयगत कार्यालय, नगरपालिका, गा.वि.स., गैरसरकारी संघ संस्था, एवं जि.वि.स.का कर्मचारीहरुलाई धन्यवाद दिने निर्णय गरियो ।
  • ढड। २२ औं जिल्ला परिषदको तयारीको सिलसिलामा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठिबाट केन्द्रस्तरको लागि माग भै आएका योजनाहरु (अनुसूचिमा समावेश) कार्यान्वयनको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
  • ढढ। वालमैत्री र वातावरण मैत्री स्थानीय शासन कार्यक्रमलाई मुल प्रवाहीकरण गर्ने निर्णय गरियो ।
  • ज्ञण्ण्। जिल्ला विकास समितिको कार्यालयबाट असुल हुन वाँकी ठेक्का रकम असुल नभएकाले ठेकोदारबाट राखेको धरौटी जफत गरिएकोमा ठेक्का वाँकी रकम असुल भैसकेकोले सदर स्याहा गरिएको देहाय बमोजिमको धरौटी रकम सम्बन्धित व्यक्तिहरुलाई फिर्ता दिने निर्णय गरियो ।

             बृषबहादुर गुरुङ्ग रु ८०००।

             ईन्द्रबहादुर रावल रु ६७६५।

             चन्द्रसिंह गुरुङ्ग  रु २०००।

  • ज्ञण्ज्ञ। ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी÷विषयगत योजना तर्जुमा समिति÷एकीकृत योजना तर्जुमा समितिबट प्रस्ताव भै जिविस मार्फत यस जिल्ला परिषद्मा पेश भएको आ.व. ०७१÷०७२ को यथार्थ ०७२÷०७३ को संशोधित र ०७३÷७४ को प्रस्तावित बार्षिक योजना (बजेट तथा कार्यक्रम) देहाय बमोजिम स्वीकृत गरियो ।

Skip to toolbar